राजपालाई सहमतिमा आउन गृहमन्त्रीको आग्रह

भक्तपुर न्यूज

४ असार २०७४ ८:१९

राजपालाई सहमतिमा आउन गृहमन्त्रीको आग्रह

रुकुम ४ असार । सरकारले राष्ट्रिय जनता पार्टी नेपालका मागहरु पुरा नगरी दोश्रो चरणको स्थानीय तहको निर्वाचन गर्न लागेको र प्रदेश नं २ को स्थानीय चुनाव असोजमा सारेको भन्दै राजपाले आन्दोलन गरी रहेको छ । आज रुकुममा  पत्रकार सम्मेलन कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।

गृहमन्त्री शर्माले प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रम मार्फत जनताको मताधिकार सुनिश्चित गर्न प्रदेश नं २ को चुनाव सार्नुपरेको बताए । उक्त कार्यक्रममा गृहमन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे । अब हुने दोश्रो चरणको निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *