राष्ट्रिय कराते प्रतियोगिता बैशाख २२ र २३ मा आयोजना हुने

भक्तपुर न्यूज

१७ वैशाख २०८० ११:१३

राष्ट्रिय कराते प्रतियोगिता बैशाख २२ र २३ मा आयोजना हुने

काठमाडौं । नेपाल क्योकुशिन कराते-डो संघ बज्रले २१ औँ राष्ट्रिय पुरुष खुल्ला तथा १४ औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले यही वैशाख २२ र २३ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आयोजक नेपाल क्योकुशिन कराते-डो संघ बज्रले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सातै प्रदेशबाट पुरुष खुल्लातर्फ ६५ जना र महिला तौल समूहतर्फ ५५ जना खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः २०८० बैशाख १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय