वीर अस्पतालको छतको पर्खाल भत्किँदा चारजना घाइते
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा खसेको इँटाले लागेर चारजना घाइते भएका छन्। दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् ।
माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वसाधारणमाथि खसेको थियो। ती इँटाले लागेर चारजना घाइते भएका हुन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि भर्ना गरिएको छ।
प्रकाशित मितिः २०८० बैशाख १७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
