राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत जाँदै

भक्तपुर न्यूज

१७ वैशाख २०८० ९:१३

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका छन् । सुरुआतमा उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो । तर‚ स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा आफू हुने कार्यक्रम तय भएको परराष्ट्रमन्त्री साउदले बताए । चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने छन् । आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ ।

वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने जनाइएको छ ।

प्रकाशित मितिः २०८० बैशाख १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय