मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता

भक्तपुर न्यूज

१७ वैशाख २०८० ९:०७

मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी मोबाइल) ले ई-स्पोर्ट्स पूर्वाधार निर्माणका लागि साझेदारी गर्ने भएको छ । नेपालमा बढ्दो गेमिङप्रतिको आर्कषणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको कम्पनीले जनाएको छ ।

यो सम्झौतासँगै नेपालमा ‍गेमिङ क्षेत्रको आवश्यकता सम्बोधन गर्न वल्डलिङ्कले आफ्नो नेटवर्क पूर्वाधार स्थापना गर्ने बताइएको छ । यसमा द्रुत गतिको डाउनलोड र अपलोड स्पिड, कम ल्यान्टेन्सी लगायतका फिचरहरू हुनेछन् ।

हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले नेपालको गेमिङ क्षेत्रको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्ल्डलिङ्कको विश्वास छ ।

प्रकाशित मितिः २०८० बैशाख १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय