फिल्म ‘जारी’ को आक्रामक व्यापार, दुई सातामै कमायो १४ करोड

भक्तपुर न्यूज

१५ वैशाख २०८० ११:१४

फिल्म ‘जारी’ को आक्रामक व्यापार, दुई सातामै कमायो १४ करोड

काठमाडौं । नेपाली, बलिउड र हलिउड फिल्म थपिएर तेस्रो हप्ता लाग्दा पनि फिल्म ‘जारी’ को आक्रामक व्यापार रोकिएको छैन। सलमान खानको ‘किसिका भाइ किसिका जान’ र ‘इभिल डेड राइज’जस्तो चर्चित शृंखलाले फ्राइडे रिलिज पाउँदासमेत जारीले शुक्रवारमात्र ३४ शो पाएको छ।

शनिवारका लागि ३८ शो तय भइसकेको छ जारीको। जारीसँगै आएको बुलाकी र बिहे पास हलबाट उत्रिसक्दा वैशाख १ गतेबाट रिलिज भएको जारीले बक्स अफिसबाट दुई सातामा १४ करोड रुपैयाँ कमाई उठाइसकेको छ।

‘जारी’ ले दुई सातामा नेपाल भरबाट १४ करोड रुपैयाँको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए। ‘फिल्मले दुई सातामा १४ करोड कलेक्सन गरिसकेको छ,’ राठीले भने। जारीको व्यापार नेपालमामात्र हैन विदेशमा पनि निकै राम्रो भइसकेको राठीले बताए।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको यस फिल्मले समीक्षकको मात्र हैन दर्शकबाटै राम्रो साथ पाइरहेको छ। शुक्रवारदेखि तेस्रो सातामा प्रवेश गर्दा पनि नयाँ रिलिज भन्दा पनि यस फिल्मले धेरै शो पाएको हो।

रामबाबु गुरुङको लगानी रहेको फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ। फिल्मको कथा लिम्बु समुदायको जारी प्रथामा आधारित छ।

प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय