रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परि युक्रेनमा १२ जनाको मृत्यु

भक्तपुर न्यूज

१५ वैशाख २०८० ९:२७

रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परि युक्रेनमा १२ जनाको मृत्यु

काठमाडौं । रुसले शुक्रवार बिहान युक्रेनका विभिन्न शहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।

‘सुतिरहेका निर्दोष युक्रेनीहरूलाई क्षेप्यास्त्र प्रहार गरी मारेर रुसले शान्ति पहलमा प्रतिक्रिया दिएको छ,’ युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरी बताए ।

रुसले गत जाडो महिनामा युक्रेनका शहर र पूर्वाधारमा लगातार बम आक्रमण गरेको भए पनि यी आक्रमणहरू हालैका महिनामा भएका थिएनन् । राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण नगरिएको ५० दिन भइसकेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पछिल्लो आक्रमणको निन्दा गरेका छन् र रुसी आतंकको जवाफ फर्काउने बताएका छन् । अहिले रुसी र युक्रेनी सैनिकहरूबीच बाखमुत शहरमा लडाइँ चलिरहेको छ । लडाइँमा उक्त शहर पूरै ध्वस्त भएको छ ।

प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय