राष्ट्रियसभाले गर्यो संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन
काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो ।
समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो ।
प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
