प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

भक्तपुर न्यूज

१३ वैशाख २०८० ८:५१

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रूसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराएका हुन्।

यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय