एसीसी प्रिमियर लिग: ओमनद्वारा साउदी अरेबियालाई ३६७ रनको लक्ष्य

भक्तपुर न्यूज

१३ वैशाख २०८० ८:०७

एसीसी प्रिमियर लिग: ओमनद्वारा साउदी अरेबियालाई ३६७ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धशतक प्रहार गरे ।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।

त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय