सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ: ईश्वर पोखरेल

भक्तपुर न्यूज

१३ वैशाख २०८० ७:५२

सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको बताएका छन् । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा बुधबार आयोजित कार्यक्रममा उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको पोखरेलले आरोप लगाए ।

पोखरेलले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने पोखरेलको विचार रहेको छ ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय