‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला

भक्तपुर न्यूज

१२ वैशाख २०८० ११:०२

‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला

काठमाडौं । नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल–२०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुने यो प्रतियोगितालाई न्यु लुक ब्युटिफर लाइफले प्रायोजन गरेको छ ।

मिष्टर नेपाल २०२३ मा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा ५ फिट ८ इन्चमाथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन यही वैशाख २९ गते दमकबाट प्रारम्भ भएर ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा तथा जेठ १३ गते काठमाडौंंमा अन्तिम अडिसन आयोजना हुनेछ ।

आयोजक संस्थाले कोशी प्रदेशमा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।

प्रतियोगिताका विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ अथवा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै नगद पाँच लाख रुपैयाँबराबरको पुरस्कार पाउने छन् ।

अडिसनबाट छटोट भएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने आयोजक संस्थाकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।

प्रकाशित मितिः २०८० बैशाख १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय