मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्न कांग्रेस उपसभापति गुरुङको प्रस्ताव

भक्तपुर न्यूज

१२ वैशाख २०८० १०:१७

मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्न कांग्रेस उपसभापति गुरुङको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु भएपनि लाखौंको संख्यामा मारेको र त्यसको छाला निर्यात गरेको बताए ।

साथै उनले श्रीलङ्काको उदाहरण दिँदै किसानलाई आधुनिकीकरण गर्न सुझाइरहँदा बाली भित्र्याउने समयमा बाँदरको हुल आएर लैजाने कुरालाई पनि सांसदमा ध्यानाकर्षण गराएका छन् । सो आतंकलाई कम गर्न वा रोक्न भएपनि बाँदर निर्यात गरे कसो होला भनी प्रश्न समेत गरे ।

गुरुङले भने, ‘हामीले भन्दैछौं खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि बाँदर हामीले पनि निर्यात गरे कसो होला ?’ यसो भन्दैगर्दा फेरि डलरवादीहरु चिच्याउने हुन् कि भन्ने पनि आशंका छ । तर पनि बाँदर आतंक अन्त्य गर्नुछ। त्यसैले अहिले हाम्रो आर्थिक अवस्था हेरेर पनि हामीले बाँदर निर्यात गर्ने निर्णय गर्दा पनि ठिकै हुने जस्तो लाग्छ ।’

प्रकाशित मितिः २०८० बैशाख १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय