बारा–२ मा उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्रकाे अग्रता

भक्तपुर न्यूज

११ वैशाख २०८० १०:२३

बारा–२ मा उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्रकाे अग्रता

काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमतका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहाले अग्रता लिएका छन्। जसपाका उम्मेदवार उपेन्द्र यादवले शुरूआती अग्रता लिए पनि अहिले भने जनमतका कुसवाहा अगाडि आएका छन्। उनले ६०१ मत पाएका छन्।

दोस्रो नम्बरमा झरेका यादवले ५७१ मत पाएका छन्। नेकपा(एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो नम्बरमा छन्। खरेलले २३६ मत पाएका छन्। यो क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८७ मत खसेको थियो।

प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय