आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

९ वैशाख २०८० ११:०६

आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । कोरोना आक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको संख्या ३८३ पुगेको छ।

प्रकाशित मितिः २०८० बैशाख ०९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय