मधेस प्रदेशको आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर न्यूज

७ वैशाख २०८० १०:३३

मधेस प्रदेशको आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ०८०/०८१ को नीति तथा कार्यक्रमको ड्राफ्ट सार्वजनिक गरेको छ। मन्त्रालयले आगामी वर्षको नीति तथा कार्यक्रममा विभिन्न ३१ बुन्दे योजना शामिल गरेको हो।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वसन्त कुश्वाहाले बिहिबार पत्रकार सम्मेलन गर्दै नीति तथा कार्यक्रममा ३१ बुँदे योजना शामिल गर्न लागेको जानकारी दिए। उनले प्रत्येक वर्ष मल अभाव भइरहेका बेला रासायनिक मललाई विस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको बताए।

उनले मधेस प्रदेशमा ३ लाख मेट्रिक टन रासायनिक मल आवश्यक रहेको समयमा संघ सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन मल उपयोगमा ल्याइने बताए। बाँकीमा प्रांगारिक मलको प्रयोगलाई बढावा दिइने उनको भनाइ थियो।

यस्तै, किसानलाई आत्मनिर्भर बनाउन विभिन्न एनजीओ तथा आइएनजिओको सहयोगमा एक लाख किसानलाई गाई/भैँसी/बाख्रा वितरण गर्ने बताए।

प्रकाशित मितिः २०८० बैशाख ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय