ठमेलबाट २ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी पक्राउ

भक्तपुर न्यूज

७ वैशाख २०८० ९:५४

ठमेलबाट २ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं । लागूऔषध कोकिनसहित २ जना विदेशी नागरिकहरु पक्राउ परेका छन्। १ के.जी. ८० ग्राम कोकिनसहित उनीहरुलाई लागूऔषध अनुसन्धान ब्यूरोले ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उत्तर प्रदेश ठेगाना भएका ५१ बर्षीय रविन्द्रकुमार पारासर र उनलाई सहयोग गर्ने केन्याका नगरिक ६३ बर्षीय पिलिशिला वान्जा निदिरितु रहेका छन्।

भारतीय नागरिक पारासरको पिठ्युँमा रहेको कालो रंगको झोलाभित्र लुकाइराखेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाई राखिएको अवस्थामा कोकिन १ के.जी ८० ग्रामसहित पक्राउ परेका हुन्।

त्यस्तै उक्त लेडिज ब्याग भारतीय नागरिकलाई दिने केन्याका नागरिक पक्राउ परेको ब्युरोले जनाएको छ। उनीहरुबाट २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको कोकिन बरामद भएको हो।

प्रकाशित मितिः २०८० बैशाख ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय