सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको कालीञ्जोर खोला पुल नजिक ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २-०३-००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला नगरपालिका-११ का २९ वर्षीय श्रवण कुमार महतो र उहाँका १२ वर्षीय भतिज विक्रम महतोको ज्यान गएकाे हाे । मृतक दुवैकाे शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
प्रकाशित मितिः २०८० बैशाख ०७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
