जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँचिदा कम्तिमा दुई जनाको मृत्यु
काठमाडौं । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मितिः २०८० बैशाख ०७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
