रवि लामिछानेलाई कारबाही गर्नुपर्ने राप्रपा सांसद सिंहको माग

भक्तपुर न्यूज

६ वैशाख २०८० ९:५२

रवि लामिछानेलाई कारबाही गर्नुपर्ने राप्रपा सांसद सिंहको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद सिंहले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गलत नियतले राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि जारी गरेकाले कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

उनले भने, ‘“हिजोको सरकारले सात दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउन विदेशी कम्पनीलाई दियो। तर, यो सरकारले रद्द गरेर अर्को कोसिसमा लागिरहेको छ। यदि हिजोको सरकारले गलत गरेको भए कारबाही गर्नुपर्छ नाङ्गेझार पार्नुपर्छ। नभए ठूला पार्टीहरूले जे–जे गर्‍यो तीनका नेताहरूलाई तामेलीमा मुद्दा राखेर जाने हो भने यो कतिदिन चल्छ ? यही दिनका लागि यो व्यवस्था आएको हो भने मलाई भन्नु केही छैन ।’

प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय