एसीसी प्रिमियर लिगमा मलेसियाविरुद्ध नेपालको सहज जित

भक्तपुर न्यूज

५ वैशाख २०८० १०:२७

एसीसी प्रिमियर लिगमा मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले मलेसियाविरुद्धको खेलमा सहज जित निकालेको छ। २३६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपाल ६ विकेटले विजयी भएको हो। नेपालले ३६ दशमलव २ ओभरमा पूरा गरेको हो।

नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले जम्मा ४० बलमा ७० रन बनाए। यसैगरी, भीम सार्कीले ९८ बलमा ७१ रन बनाउँदै नेपालको जितका लागि महत्त्वपूर्ण योगदान गरे। दीपेन्द्र सिंह ऐरीले तीन तीन बलमा ५ रन बनाए। ओपनर कुशलले भुर्तेलले ३१ बलमा ३८ रन बनाएर बाहिरिए भने आसिफ शेख जम्मा एक रन बनाएर आउट भए।

मलेसियाका लागि मुहम्मद वाफिक, रिजवान हैदर, विजय युन्नी र विरनदीप सिंहले एक-एक विकेट लिए। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो।

मलेसियाका लागि सबैभन्दा धेरै अहमद फेजले ९५ बलमा ७६ रन बनाए। फेज सन्दीप लामिछानेको बलमा आसिफ शेखबाट स्टम्पिङ भए। त्यसैगरी, विरनदी सिंहले ४६, मुहम्मद अमिरले १७, विजय युन्नी १२, सैयद अजिज १४, मुहम्मद सैयादत २० र खिजार हायातले २५ रनको योगदान गरे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। ललित राजवंशीले २ र गुलशन झाले एक विकेट लिए।

प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय