प्रधानमन्त्रीद्वारा काठमाडौं – तराई ‘फास्ट ट्र्याक’ काे अवलाेकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौं-तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गरेको छ ।
मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ‘फास्ट ट्र्याक’ अवलोकन एवम् निरीक्षण गरेको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिएको थियो ।
अवलोकनमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौं लाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजनाका रूपमा लिइएको छ ।
प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार
