नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

भक्तपुर न्यूज

५ वैशाख २०८० ९:४८

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नाै महिनामा नेपालले एक खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ । यसमध्ये एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण र ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

यस्तै सरकारले चालु आर्थिक वर्षको नाै महिनामा ऋणको साँवा र ब्याज गरेर एक खर्ब २३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म एक खर्ब दुई अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय