मिटरब्याजपीडितले मागे गृहमन्त्री नारायणकाजीको राजीनामा

भक्तपुर न्यूज

५ वैशाख २०८० ८:४५

मिटरब्याजपीडितले मागे गृहमन्त्री नारायणकाजीको राजीनामा

काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । राजधानीको माइतीघर मण्डलामा मंगलबार विरोध प्रदर्शन गर्दै सोमबार प्रहरीबाट रत्नपार्क शान्तिवाटिकामा भएको लाठी प्रहारको उनीहरूले निन्दासमेत गरे ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन्। प्रहरीसँगको झडप केही मिटरब्याजपीडतहरू घाइते थिए। शान्तिपूर्ण आन्दोलनमा रहेकालाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए ।

सरकारले मिटरब्याजपीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याजपीडितको समस्या तत्काल समाधान नहुने भन्दै उनीहरू अर्को समूह २० चैतदेखि आन्दोलनरत् छन् ।

प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय