सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु

भक्तपुर न्यूज

३ वैशाख २०८० ११:०९

सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु

काठमाडौं । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरुसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खस्न पुगेकी थिइन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उनलाई २ सय मिटर तलबाट निकालेको थियो ।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय