फिल्म ‘जोगिरा सारा रा रा’ को टिजर सार्वजनिक

भक्तपुर न्यूज

३ वैशाख २०८० ९:३३

फिल्म ‘जोगिरा सारा रा रा’ को टिजर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीको रोमान्टिक कमेडीले भरिपूर्ण फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक भएको छ । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा उनको अपोजिटमा नेहा शर्मा मुख्य भूमिकामा देखिनेछिन् ।

टिजर नवाजको संवादबाट सुरु हुन्छ, नवाज भन्छन्, ‘मेरो नाम जोगी, जोगी को जुगाड कहिल्यै फेल हुँदैन ।’ यसपछि नेहा आएर भन्छिन्, ‘के जुगाड गर्छौ, तिम्रो सारा जुगाड फेल भयो ।’

फिल्ममा नवाज–नेहासँगै जरिना वहाब, सञ्जय मिश्रा र महाक्षय चक्रवर्तीको पनि अभिनय रहेको छ । कुशन नन्दीको निर्देशनमा बनेको फिल्म मे १२ मा प्रदर्शन हुनेछ ।

फिल्मलाई नईम ए सिद्दिकीले निर्माण गरेका हुन् भने किरण श्याम श्राफ क्रिएटिभ प्रोड्युसर हुन् । नवाजुद्दीन अन्तिम पटक २०२२ मा फिल्म ‘हिरोपन्ती २’ मा देखिएका थिए । एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय