दुबईको आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

भक्तपुर न्यूज

३ वैशाख २०८० ८:४८

दुबईको आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । यूएईको दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो ।

ज्यान गुमाउनेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि भइसकेको दुबई प्रहरीमा आबद्ध भारतीय नागरिक नसीर भतनाप्पलीले बताएको गल्फ न्युजले लेखेको छ । यस्तै ज्यान गुमाउनेमा तीन पाकिस्तानी र केही नाइजेरियाका नागरिक रहेका छन् । केहीको अझै परिचय खुल्न सकेको छैन ।

भवन सुरक्षा व्यवस्थामा लापरबाहीका कारण आगलागी भएको बताएको छ । भवनमा आगलागी भएको जानकारी पाएको ६ मिनेटमै सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । साढे १२ बजे लागेको आगो पौने तिनबजेभित्र नियन्त्रणमा आइसेको थियो ।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय