८ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

भक्तपुर न्यूज

३ वैशाख २०८० ८:३९

८ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ मूल्य निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय