ओमनसँगको अभ्यास खेलमा नेपालको सहज जित

भक्तपुर न्यूज

३ वैशाख २०८० ८:३४

ओमनसँगको अभ्यास खेलमा नेपालको सहज जित

काठमाडौं । एसीसी प्रिमियर कपको पूर्वसन्ध्यामा शनिबार ओमनसँगको अभ्यास खेलमा नेपालले सहज जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमनलाई पाँच विकेटले पराजित गरेको हो। ओमनले दिएको २४७ रनको लक्ष्य नेपालले ४४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि अर्जुन साउँदले ६७ र दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए। ओमनका लागि जिशम कम्सूदले दुई र फयाज बटले एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले नौ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। ओमनका लागि शोयब खानले ११० र जतिन्द्र सिंहले ४२ रन बनाए।

नेपालका लागि किशोर महतोले तीन र सूर्य तामाङले दुई विकेट लिए। अर्को सातादेखि नेपालमा एसीसी प्रिमियर कप हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलहरू हुनेछन्। विजेता टोली एशिया कपका लागि छनोट हुनेछ।

प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा रहेको नेपालले मलेशिया, ओमन, कतार र साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।

प्रतियोगिताको पहिलो खेल चैत ५ गते नेपाल र मलेशियाबीच त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन मूलपानीमा हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय