खराब मौसमका कारण काठमाडौं-पोखरा उडान अवरुद्ध

भक्तपुर न्यूज

३० चैत २०७९ ११:३४

खराब मौसमका कारण काठमाडौं-पोखरा उडान अवरुद्ध

काठमाडौं । खराब मौसमका कारण काठमाडौं-पोखरा उडान अवरुद्ध भएको छ । बिहीबार एकाएक पोखराको मौसममा खराबी आएसँगै सबै उडान रद्ध गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

काठमाडौं–पोखराको लागि बिहीबार दिउँसो १२ः१० बजेदेखिका सम्पूर्ण उडान रद्ध गरिएसँगै यात्रुहरु अलपत्र परेका छन् ।

बिहीबार काठमाडौंदेखि पोखराका लागि १५ वटा उडान रहेको थिए । जसमध्ये मध्यान्न १२ बजेसम्म सात वटा उडान भएका थिए । तर, खराब मौसमका कारण १२ बजेपछिका सबै उडान अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ ।

उडानका लागि ३ हजार ८ सय भिजिबिलिटी चाहिने भए पनि खराब मौसमका कारण हाल पोखराको भिजिबिलिटी दुई हजार मात्रै रहेको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंदेखि पोखराका सम्पूर्ण उडान रोकिएका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय