दोहोरो अंकले घट्यो नेप्से परिसूचक , १ अर्ब ६५ करोडको कारोबार

भक्तपुर न्यूज

३० चैत २०७९ ९:५५

दोहोरो अंकले घट्यो नेप्से परिसूचक , १ अर्ब ६५ करोडको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०७९ को अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि भएको थियो। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

आज २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता सेयर १ अर्ब ६५ करोड १६ लाख ६६ हजार २९६ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब ७ करोड ६० लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय,कालिञ्चोक दर्शन र मोलंग हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधार शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४२ लाख ३७ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भयो। यस्तै हिमालयन डिस्टिलरीको ५ करोड ९१ लाख र एनआईसी बैंकको ५ करोड र ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। यसदिन डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक २.४८ र मनु एन्ड प्रोको २.३३ प्रतिशतले ओरालो लाग्यो।

प्रकाशित मितिः २०७९ चैत्र ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय