वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी करोडौँ ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नं १४ स्थायी घर भएका हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाइ बुधबार प्रहरिले पक्राउ गरेकाे हाे ।
उनी सयौँ जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन्छु भनी प्रलोभनमा पारेर करोडौँ रकम लिई सम्पर्कविहीन भएका थिए । उनलाई पक्राउ गरी उपस्थित गराइदिनु भनी वैदेशिक रोजगार विभागले पत्राचार गरेकाे आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
