तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट’ अवार्ड

भक्तपुर न्यूज

२९ चैत २०७९ १०:३८

तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मान गरिएको छ। केडियालाई नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२औं वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो। उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उनलाई अवार्ड हस्तान्तरण गरे। तारा चन्द केडिया केडिया अर्गनाइजेशनका अध्यक्ष हुन्। उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्सियल डेभलपर्स प्रालि र वृज सिमेन्ट प्रालिका पनि अध्यक्ष भइसकेका छन्। केडियवा गुराँस सिमेन्ट, म्याग्ना कर्पोरेशन सेक्युरिटीज र श्री स्टिल इन्डस्ट्रिज प्रालिका साथै अन्य व्यवसायहरूमा पनि संलग्न छन्।

यसअघि उनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष भएका थिए। साथै, शंकरलाल केडिया सेवा फाउन्डेशन, डिएभी केडिया स्कूल, एसएल के डेन्टल केयर सेन्टर तथा विभिन्न सामाजिक संस्थाका अध्यक्ष र आर एम केडिया आँखा अस्पताल, शुसिल केडिया सेवा फाउन्डेसन र एमबी केडिया सेवा ट्रस्टका संरक्षक पनि हुन्।

संस्थाले सामाजिक क्षेत्रमा समेत उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत महत्त्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको जनाएको छ।

प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय