सगरमाथा आरोहणको बाटो बनाउन गएका तीन जना शेर्पा गाइड बेपत्ता

भक्तपुर न्यूज

२९ चैत २०७९ ९:३८

सगरमाथा आरोहणको बाटो बनाउन गएका तीन जना शेर्पा गाइड बेपत्ता

काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो बनाउन खटिएका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार बुधबार बिहान क्याम्प–१ र क्याम्प–२ बीचमा हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्।

“क्याम्प–२ मा जाने क्रममा तीन जना शेर्पा गाइडहरू हिउँको खाल्डोमा परेर हराएको जानकारी प्राप्त भएको छ,” उनले भने “बाँकी विवरण बुझ्ने क्रममा छौँ।”

हराएका शेर्पा गाइड इमाइजिन ट्रेकिङ कम्पनीको भएको शेर्पाले बताए। क्याम्प २ भन्दा माथिको बाटो बनाउने कामको जिम्मा यो कम्पनीले लिएको थियो। उनीहरूको नाम ठेगाना खुलेको छैन।

क्याम्प २ भन्दा तलको बाटो एसपीसीसीको जिम्मामा थियो। छिरिङका अनुसार खराब मौसमका कारण शेर्पा गाइडले सगरमाथामा विगतभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्।

प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय