इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउने निर्णय

भक्तपुर न्यूज

२७ चैत २०७९ १२:२०

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउने निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले होटेल शंकर , लाजिम्पाटमा इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा बिशेष भेला गरेको छ । इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न आहवान गरिएको उक्त भेलामा सेवा प्रदायहरुको बृहत छलफल पश्चात तपशिल बमोजिमका निर्णयहरु गरिएको छ ।

निर्णयहरुः
१) नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने ।
२) इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने।
३) माथि उल्लेखित बुंदाहरु ९बुंदा १ र बुंदा २० कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्नेरगराउने ।
४) उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, क्इए निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने ।
५ं) नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसंग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफलर हातेमालोर सहकार्य गर्दै जाने निर्णय भएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय