आगामी आवको बजेटमार्फत् नयाँ र गुणात्मक परियोजना अगाडि बढ्छन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका हुन् ।
उनले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताए । उनले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको बताए । उनले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताए । उनले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार र नीजिलय, प्रधानमन्त्री कार्यालयको बीचमा लगातार बैठक गरेको छु । बिस्तारै बैंकको ब्याजदर घट्ने क्रमतिर जादैछ । अहिले आतंकको स्थि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः २०७९ चैत्र २७ सोमबार
