शहीद स्मारक ए डिभिजन लिग: फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा

भक्तपुर न्यूज

२४ चैत २०७९ १२:२५

शहीद स्मारक ए डिभिजन लिग: फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराएकाे छ ।

च्यासल मैदान ललितपुरमा आज भएकाे खेलमा मनाङले फ्रेन्ड्सलाई २–० गाेलले हरायाे । मनाङका लागि काेफी काेउडुले दुई गाेल गरे । याे जितसँगै मनाङ ६ खेलमा १४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । फ्रेन्ड्स ६ खेलमा ४ अङ्कसहित १२ औँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले २–२ गाेलकाे बराबरी खेलेका छन् । जावलाखेलका लागि एनकाेटाे माेसाबी फाेडे फाेफानाले गाेल गरे । खुमलटारका लागि अभिषेक लिम्बु र मेसुके ओलुमाउलाेले गाेल गरे । याे बराबरीसँगै जावलाखेल ७ खेलमा १४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । खुमलटार ७ खेलमा ७ अङ्कसहित नवाैँ स्थानमा छ ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय