प्रताप दासको स्वरमा फिल्म ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)

भक्तपुर न्यूज

२४ चैत २०७९ ११:२५

प्रताप दासको स्वरमा फिल्म ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ। शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत ‘मायाको बिहे पास’ बोलको गीत सार्वजनिक गरिएको हो।

प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। फिल्मको मुख्य विषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलाई देख्न सकिन्छ। गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन्।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्। शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय