चितवन-२ मा दुईजनाले लिए उम्मेदवारी फिर्ता

भक्तपुर न्यूज

२३ चैत २०७९ १०:४०

चितवन-२ मा दुईजनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशित गरेको हो।

चितवन-२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार उम्मेदवारी दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवार हुने भएका छन्।

यसअघि साे क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरण देखाएर उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय