सेयर बजारमा सामान्य अंकको गिरावट, ९२ करोड २७ लाखको कारोबार

भक्तपुर न्यूज

२३ चैत २०७९ १०:१६

सेयर बजारमा सामान्य अंकको गिरावट, ९२ करोड २७ लाखको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोड २७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ४३ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा ९१ करोडमाथिको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् । बैकिङ्ग उपसूचक, ब्यापार र अन्य सूचक आज बढेको छ भने सर्वाधिक फाइनान्स उपूचक घटेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय