सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो : रघुजी पन्त

भक्तपुर न्यूज

२३ चैत २०७९ १०:०७

सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो भन्दै आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताएका छन् ।

सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको उनको भनाइ थियो । उनले ३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन भन्दै भने, “यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्, न किसाननका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।”

सरकारले १०० दिन पूरा गरिसक्दा पनि मन्त्रिपरिषदले अहिलेसम्म पूर्णता पाउन नसकेको भन्दै नेता पन्तले अहिलेसम्मको उपलब्धी सिद्धान्तहीन र नीतिहीन भएको उल्लेख गरेका छन् । एक सय दिनमा पनि मन्त्रिपरिषद् बनाउन नसक्ने वर्तमान सरकारले कुनै निकास दिन नसकेको उनको टिप्पणी थियो ।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय