आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

भक्तपुर न्यूज

२३ चैत २०७९ ९:४७

आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको हो । यसै क्रममा आइएमई पे मार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूणर् मुल्य रिफन्ड पनि पाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय