प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव

भक्तपुर न्यूज

२३ चैत २०७९ ९:३३

प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।

यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ । समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय