भारत र चीनका राजदूतले प्रधानमन्त्री देउवालाई भेटे
काठमाडौं, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ ।
त्यसैगरी चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएको छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००