लाइपजिगसँग २-० ले पराजित हुँदै डर्टमण्ड बाहिरियो

भक्तपुर न्यूज

२३ चैत २०७९ ३:५२

लाइपजिगसँग २-० ले पराजित हुँदै डर्टमण्ड बाहिरियो
काठमाडौं । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बुधबार राति आरबी लाइपजिगसँग २-० ले पराजित हुँदै डर्टमण्ड बाहिरिएको हो ।
लाइपजिगलाई जित दिलाउन टिमो वेर्नेर र विलि ओर्बानले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा वेर्नेरले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा विलिले गोल गर्दै लाइपजितको जित पक्का गरे ।
यस जितसँगै लाइपजिग जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय