दाङमा बालविवाह गरेकाे आराेपमा ३ जना पक्राउ

भक्तपुर न्यूज

२२ चैत २०७९ ९:५६

दाङमा बालविवाह गरेकाे आराेपमा ३ जना पक्राउ

दाङ । दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोर किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । विवाह गर्दै गरेको अवस्थामा प्रहरीले विवाह गराउन सहयोग गरेको आशङ्कामा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी, वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उहाँले बताएका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय