फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत ‘येन्तम्मा’ सार्वजनिक

भक्तपुर न्यूज

२१ चैत २०७९ ११:३१

फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत ‘येन्तम्मा’ सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत सार्वजनिक भएको छ।मंगलबार जी म्यूजिक कम्पनी युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘येन्तम्मा’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा दक्षिण भारतीय अभिनेता राम चरणको केमियो भूमिका देख्न सकिन्छ। विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा शब्द शव्वीर एहमद र संगीत पायल देवको छ। र्‍याप गीत रफ्तारले तयार पारेका हुन्।

गीतमा राम चरणदेखि सलमानसम्मले लुंगी लगाएर नाचेका छन्। फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानसँगै विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीको अभिनय छ।

यो फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। यो फिल्म २१ अप्रिलदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय