मधेश प्रदेश सरकारबाट पनि एमाले बाहिरिने

भक्तपुर न्यूज

२१ चैत २०७९ ८:०६

मधेश प्रदेश सरकारबाट पनि एमाले बाहिरिने

काठमाडौं । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको मन्त्री यादवले बताए।राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्रीले एमालेलाई सरकारबाट हटाउन चाहेका थिए।

तर बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा उनी मौन थिए। त्यहाँ एमालेले समेत उम्मेदावारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेलाई सरकार छोड्न निर्देशन दिएका हुन्।

प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय