सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ

भक्तपुर न्यूज

२० चैत २०७९ १२:२०

सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका नेता शर्मा पक्राउ

सप्तरी । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता सिंहले बताए । यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

यसअघि जनमत पार्टीका केन्द्रीय सदस्य शर्माले मिटरब्याज स्वरूप विभिन्न व्यक्तिहरूबाट करोडौँ रकम असुली गरेको आरोप सहितका समाचार विभिन्न सञ्चारमाध्यमहरू प्रकाशन र प्रसारण भएको थियो ।

प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय