सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ को शीर्ष गीत सार्वजनिक

भक्तपुर न्यूज

२० चैत २०७९ ११:४२

सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चैत २४ गतेदेखि रिलिज हुने फिल्म ‘बहाव’ को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘बहाव यी मनका’ बोलको गीत सार्वजनिक गरिएको हो।

युवराज चौलागाईंको स्वर रहेको गीतमा प्रमोद कँडेलको शब्द, बसन्त सापकोटाको संगीत र विषय आचार्यको संगीत संयोजन रहेको छ। यो गीतले फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ। गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव व्यक्त गरिएको छ।

प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ। श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय